कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

  • ५ असार २०७५, मंगलवार १४:५८
  • 1066 Views


radionrn

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भयो ।
अहिले उद्घाटन सत्र चलिरहेको छ । पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका र्शीष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भेलाको दोस्रो दिन भोलि जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ ।
कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई मिनी महासमितिका रूपमा हेरिएको छ । विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी