१ सय १९ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ५ असार २०७५, मंगलवार १२:२८
  • 1612 Views


radionrn

प्रधानमन्त्री केपी ओली राजकिय भ्रमणका लागि आज छिमेकी राष्ट्र चीन प्रस्थान गर्नु भएको छ । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा १ सय १९ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नु भएको हो ।

६ दिने भ्रमणका लागि विहान ९ वजे ओली सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट चीनको राजधानी बेइजिङ गएको हो । प्रधानमन्त्री विदेश भ्रमण जाँदा सामान्यतया राष्ट्रिय ध्वजा बहाक सरकारी विमान सेवा मार्फत् जाने गरेपनि ओलीको टोली निजी क्षेत्रको हिमालयन एयरलाइन्सको विमानमा गएको हो ।

चिनियाँ समयअनुसार आज साँझ सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ । विमानस्थलबाट सिधै उहाँको टोली डबल ट्री होटेलमा चीनस्थीत नेपाली राजदूत लीलामणि पौड्यालले आयोजना गर्नु भएको रात्रिभोजसहितको स्वागत समारोहमा सहभागी हुनेछ ।

साँझ ६ बजेदेखि ८ः३० सम्म प्रधानमन्त्री त्यहाँ रहने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीलाई चीन सरकारले दियाउथाई स्टेट गेस्ट हाउसमा बस्ने प्रबन्ध गरेको छ । आफ्नो चीन भ्रमणबारे हिजो दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनु भएको थियो ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिनुहुने भएको छ । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिने तयारी छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद्का सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११ जनासहित १ सय १९ जनाको टोली छ । प्रधानमन्त्री ओली तिब्बतको राजधानी ल्हासा हुँदै असार १० गते नेपाल फर्कने कार्यक्रम छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी