अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

  • ४ असार २०७५, सोमबार १४:१६
  • 1261 Views


radionrn

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको हो ।

“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भन्नुभयो, “संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।” ।

हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।

नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले युवालाई तालीम दिएर संगठन निर्माण लाग्नु काँग्रेसको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।

चीन भ्रमणमा पूर्व सरकारले गरेका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नेबारे यो सरकार लाग्नुपर्नेमा चर्चा गर्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले भन्नुभयो, “चीन र भारत दुवै नेपालका छिमेकी हुन्, दुवै देशसँग नेपालले समदूरी सम्बन्ध राख्नुपर्छ र चीन र भारत दुवैको समृद्धिको फाइदा नेपालले लिनुपर्छ । ”(रासस)

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी