सभामुख र उपसभामुख एउटै पार्टीको भएपछि सत्तापक्ष र प्रतिपक्ष बिच बिवाद सुरु

  • ३१ जेष्ठ २०७५, बिहीबार १५:१०
  • 1768 Views


radionrn

संघिय संसद्को प्रतिनिधीसभामा सभामुख र उपसभामुख एउटै पार्टीको भएपछि सत्तापक्ष र प्रतिपक्ष बिच बिवाद सुरु भएको छ ।
यस अघि तत्कालीन नेकपा एमाले र माओबादीबाट सभामुख र उपसभामुख भएको भएपनि अहिले दुबै पार्टी एकिकरण भएपछि अब एउटै पार्टीको सुभामुख र उप–सभामुख भएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेसले एउटै पार्टीको हुन नहुने भन्दै बिरोध जनाउदै आएको छ ।

यता सत्तापक्षका नेताहरुले भने दुबै जनाले पार्टीबाट सदस्यता नरहने गरि राजिनामा दिइ सकेको भन्दै परिवर्तन गर्नु पर्ने आवश्यक नरहेको बताउदै आएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस नेतृ उमा रेग्मीले सभामुख र उपसभामुखको पुनः निर्वाचन गर्न माग गरेकी हुन् । यसअघि बालकृष्ण खाँणले पनि सभामुख र उपसभामुख एउटै दलको हुन नहुने बताउनु भएको थियो ।

यसै बिच सत्तापक्षकै सांसदहरुले बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कृत्रिम अभाव देखाएर मूल्यबृद्धि गरिएको र सिण्डिकेट कायमै रहेको भन्दै बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका सांसद खगराज अधिकारी, अर्का सांसद् अमनलाल मोदीले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएको भने पनि सिण्डिकेट कायमै रहेको भन्दै प्रभावकारी अनुगमन आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले बजेट भाषणलगत्तै दैनिक उपभोग्यवस्तुको मूल्य आकासिएको बताउदैबजार अनुगमन गरेर मूल्य बढाउनेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

Avatar

Next Story