प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चढेर चीन जाने

  • ३१ जेष्ठ २०७५, बिहीबार १४:५४
  • 2808 Views


radionrn

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो असार ५ गतेबाट गर्न लाग्नु भएको चीन भ्रमणको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट चीन जाने हुनु भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा निजी कम्पनीको वायुसेवालाई पैसा तिरेर प्रयोग गर्न लागेको जानकारी दिनु भयो ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा मस्यार्ङ्दी नदी प्रणालीबाट १००० मेगावाट हाइड्रो प्रोजेक्ट निर्माण सम्बन्धि सम्झौता हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो ।

Avatar

Next Story