संसद छाडेर जनतामाझ जानु नपरोस् : कांग्रेसको चेतावनी

  • ३१ जेष्ठ २०७५, बिहीबार १२:२३
  • 1560 Views


radionrn

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’

  • ताजा समाचार

ताजा समाचार

Image

देशभर तरकारी र फलफूल नबेच्ने महासंघको घोषणा

नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले भोलिदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र

Image

राप्रपाः नयाँ विधान अनुमोदित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारी आजबाट पदमुक्त भएका छन् । केन्द्रीय पदाधिकारी नयाँ

Image

बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित

प्रतिनिधि सभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र

Image

पूर्वराजदूत झाको हत्या आंशकामा तीन कामदार पक्राउ

पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि

Image

समृद्धिको सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप

Avatar

Next Story