हुम्लाको सिमकोट बजार बन्द

  • ३१ जेष्ठ २०७५, बिहीबार ०९:४६
  • 819 Views


radionrn

जनक बहादुर शाही, हुम्ला : विमान कम्पनीहरुले उडान भाडा बढाएको विरोधमा आन्दोलनरत हुम्लाबासीले आज सिमकोट बजार बन्द गराएका छन् ।

तीन दिन अगाडी देखि आन्दोलीत उनीहरुले यसअघि आन्दोलनको पहिलो दिन जिल्लाका सबै स्थानीय तह र दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

भाडा समायोजनका नाममा विमान कम्पनीहरुले सिमकोटबाट नेपालगन्जसम्मको भाडादर ५ हजार २९० बाट बढाएर ७ हजार १९० रुपैयाँ कायम गरिएपछि उनीहरु आन्दोलीत भएका हुन् ।

उनीहरुले भोली असार १ गते नागरिक उड्डयन कार्यालय, सिमकोटको प्रदेशद्धारमा धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय, सिमकोट बन्द गर्ने लगाएतका कार्य कार्यक्रमहरु घोषणा गरेका छन् ।

Avatar

Next Story