प्रधानमन्त्रीले उद्घाटन गरेको ‘रारा पर्यटन’ बर्षको खर्च कति ?

  • २५ जेष्ठ २०७५, शुक्रबार १९:१९
  • 2782 Views


radionrn

चाँदनी केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनमा करिब ६४ लाख रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद नै अवरुद्ध गरि पर्यटन वर्ष उद्घाटनको खर्च सार्वजनिक गर्न दवाव दिएपछि प्रदेश सरकारले खर्चको विवरण आज सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

आज संसदमा सरकारका तर्फबाट जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घाटनको क्रममा ६३ लाख ८१ हजार रुपैँया खर्च भएको बताउनुभयो । पर्यटन वर्षको उद्घाटनका लागि नेपाल पर्यटन बोर्डबाट १४ लाख सहयोग प्राप्त भएको र प्रदेश सरकारको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा अतिथिहरुलाई दिएको कर्णाली रारा पर्यटन वर्ष लेखिएको दिइएको झोलामा २ लाख खर्च र अतिथि र सहभागिको खाजा र खाना खर्चमा १७ लाख ४६ हजार एक सय २० रुपैयाँ खर्च भएको छ ।  यस्तै अतिथिले दिएको उपहारमा ५ लाख ५४ हजार तीन सय ७१ रुपैँया, पत्रकारहरुको बाटो खर्च र खाना खर्चको ६४ हजार ९ सय ७० र टेलिभिजनमा प्रचारप्रसार जिंगलमा ४ लाख १२ हजार ६ सय ८४, रेडियोहरुमा प्रचारप्रसारको जिंगलमा २ लाख ५८ हजार ३ सय ३८, प्रचा–पम्प्लेट पोष्टर, निमन्त्रणा कार्डलगायतमा २ लाख २७ हजार ३ सय ३८, हवाई भाडा १० लाख २९ हजार २ सय ६, स्थलगत यातायात खर्च ७६ हजार, स्थानीय तहको खर्चको लागि २ लाख खर्च भएको छ ।

मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रमका लागि ११ लाख ५० हजार २ सय, आवासका लागि ४ लाख ६२ हजार ७ सय ६८ रुपैयाँ खर्च भएको र मुगु जिल्ला समन्वय समितिलाई कार्यक्रमको स्थानीय तयारीका लागि २ लाख खर्च भएको योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनु भयो । उहाँले कर्णाली रारा पर्यटन वर्षमा प्रदेश सरकारले कुनै अनियमितता नगरेको भन्दै खर्च विवरण पादरर्शी राखेको बताउनुभयो । खर्चको विवरण सर्वजनिक गर्दै योजना मन्त्री ज्वालाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीले गर्दा आफुहरुले छिट्टै सार्वजनिक गर्न नसकिएको बताउनु भयो ।

उहाँले पर्यटन वर्ष सुरु भएदेखि कर्णाली प्रदेशमा पर्यटकहरुको संख्या पनि बढ्दै गएको बताउनु भयो । उहाँले पर्यटकहरुलाई कर्णालीका सबै पर्यटकिय स्थलहरुमा पु¥याउने लक्ष्य पुरा गर्ने पनि बताउनभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी