पोखरा: दलित बस्तीमा बहुउद्देश्यीय पानी प्रणाली संचालनमा

  • ३० फाल्गुन २०७४, बुधबार १९:२६
  • 2522 Views


radionrn

श्रीभद्र पौडेल, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–५, सल्यान स्थित बुकेचौर खोरथापे गाउँको दलित बस्तीमा बहुउद्देश्यीय पानी प्रणाली परियोजना संचालनमा आएको छ । उक्त पानी प्रणाली संचालनमा आएसँगै उक्त बस्तीमा खानेपानीको सहज आपुर्ति हुने तथा तरकारी खेती गरी स्थानिय दलित समुदाय आर्थिक रुपमा आत्मनिर्भरतर्फ उन्मुख हुने विश्वास गरिएको छ । बुकेचौर खोरथापेका कुल ३३ घर मध्ये २८ घर दलित समुदायका छन ।

उक्त परियोजना निर्माणका लागि गाउँपालिका, स्थानिय ढिकुरपोखरी सामुदायिक विकास संघ लगायत अन्य संस्थाले सहयोग गरेका हुन । रु.२५ लाखको लगानीमा सो परियोजना सम्पन्न भएको ढिकुरपोखरी सामुदायिक विकास संघका सम्पर्क व्यक्ति पुण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । बुकेचौर खोरथापेकी गौमती सुनारले पानी विनाको स्थानियको दैनिकी निकै कष्ठकर बनेको स्मरण गर्दै अव आफुहरु पानीको प्रयोग गरी आर्थिक उपार्जनका बाटाहरुमा अगाडि बढ्ने प्रतिबद्घता जनाउनुभयो ।

बुधवार सोलारबाट संचालित उक्त बहुउद्देश्यीय पानी प्रणाली परियोजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री, जिल्ला स्थित अन्य सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकार सम्मिलीत टोलीले स्थलगत अवलोकन समेत गरेको छ ।तस्विर पनि छ ।

Avatar

Next Story