खोटाङ: खानीडाडाँ विमानस्थलको धावनमार्ग चर्कियो, प्राधिकरणको बेवास्ता

  • ३० फाल्गुन २०७४, बुधबार १९:२१
  • 1170 Views


radionrn

उत्तम चौलागाँई, खोटाङ । खोटाङको मनमाया राई खानीडाडाँ विमानस्थलको धावनमार्ग चिराचिरा भएको पाईएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको विमानस्थलको धावनमार्ग चिराचिरा भएको पाईएको हो । गत असारमा पहिरो गएपछी धावनमार्गको अन्डरग्राउण्डबाट बग्ने खोल्सीकोे कल्भर्टले लोड नधान्दा थिचिएर पानी थुनिएपछी धावनमार्गको तल्लो साईडको ग्याभिङवालसहित रनवेको करीब सय मिटर भाग फुटेर चिराचिरा भएको छ । असारबाटै धावनमार्ग फुट्न थालेपछि टालटुल पारेर उडान गरिदै आएको विमानस्थलमा अहिले धानमार्ग चर्किने क्रम तीव्र रुपमा रहेको देखिएको छ ।

विमानस्थल निर्माणका लागि प्रशस्त जग्गा हुंदाहुंदै ईन्जिनियरको गलत स्टीमेट र प्राविधिक त्रृटिका कारण बारम्बार पहिरोले तान्दा बर्षेनी लाखौ खर्च हुने गरेको मनमाया राई खानीडाडाँ विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । उनले भने, “पछिल्लो अवस्थामा सञ्चालनमा रहेको एकमात्र विमानस्थल जोगाउन तत्कालका लागि धावनमार्गको बिचबाट बग्ने खोलालाई अन्तैबाट कटाउने र ग्याभिङवाल लगाई कल्भर्ट उठाएर धावनमार्ग बनाउने प्रयत्न भईरहेको छ ।”

नागरिक उड्यण प्राधिकरण अन्तरगतको सम्पत्ती भएकाले विमानस्थललाई पहिरोले तानेको र धावनमार्ग चिराचिरा परेको विषयलाई प्राधिकरणमा दुई पटक पत्र लेखेर पठाई सकिएको खोटाङका प्रमुख जिल्ला अधिकारी तथा मनमाया राई खानीडाडाँ विमानस्थ अनुगमन समिति संयोजक एकदेव अधिकारीले जानकारी दिए । प्राधिकरणले अन्य अन्य विमानस्थलको कामको कारणले खानीडाडाँ विमानस्थललाई प्राथमिकतामा नराखेको तथा लिखित समस्याको समेत सुनुवाई नभएको उनले बताए ।

धावनमार्ग मुनि भत्केर थुनिएको कल्भर्ट र विमानस्थलभन्दा छेउमा गएको पहिरोको पुनः निर्माणका लागि कम्तीमा हप्तादिनमा स्टीमेट सकिने र २ हप्तामा टेण्डर प्रक्रिया हुने मनमाया राई खानीडाडाँ विमानस्थलका आयोजना प्रमुख तथा साईड ईन्चार्ज रत्न श्रेष्ठले बताए । उनले भने, ‘हामीले विमानस्थल नबग्ने बनाएका छौ ।’ यद्यपि असारबाट पहिरोले तान्दै गरेको विमानस्थल हिउँदमा पनि ढुंगामाटो झर्ने भउका कारण जिर्ण बन्दै गईरहेको छ ।

विमानस्थलको पुर्ब साईडमा १ रोपनी १५ आना जग्गा स्थानिय खगेन्द्र राईले मन्जुरी नामा दिए पनि पास नहुंदा विमानस्थलको छेकबारको काम रोकिएको छ । छेकबार नहुंदा हाल विमानस्थल गाईवस्तु चराउँने ठाँउ भएको छ । विमानस्थलको नाममा भएका बाँकी पुर्व पश्चिम साईडको ग्याभिङ वाल र छेकबारको काम ५० प्रतिशत सकिएको निर्माण ब्यवसायी संघका अध्यक्ष तथा त्यहाँका ठेकेदार कृष्ण घिमिरेले बताए । असार मसान्तसम्म म्याद भएकाले हाललाई तारजाली बुन्ने, च्यानल बन्दै गरेको उनको भनाई छ ।

मुलुक संघिय संरचनामा गईसक्दा समेत सदरमुकाम नजिक रहेको विमानस्थल प्रभावकारी र सुविधायुक्त नभएको सेवाग्राहीहरुको ब्यापक गुनासो छ । पश्चिमबाट मात्रै एकतर्फी ल्याण्डीङ हुने विमानस्थलमा हाल हप्ताको सोमबार, बुधबार र शनिबार उडानको सेड्युल भए पनि तीन हप्तामा एकपटक फ्लाईट हुने गरेको स्थानिय सविना घिमिरेले जानकारी दिईन् । उनले भनिन, “ पटक–पटकको उडान क्यान्सिलले यात्रुहरु हैरानी र कतीले विमानस्थल परिसरमै ज्यान गुमाउनु परेको छ तर सरोकार निकायको कुनै चासो छैन् । ”

स्थानियले डोको नाम्लो, कुटो, कोदालो प्रयोग गरेर निर्माण गरेको विमानस्थल प्राधिकरणको एकलौटी भएको लामो समय हुंदासमेत पानी, शौचालय, टेलीफोन, ईन्टरनेट, यात्रु प्रतिक्षालय नहुंदा यात्रुहरुलाई विमानस्थल प्रयोग गर्न चरम समस्या भएको स्थानिय यादब प्रसाद घिमिरेको भनाई छ । उनले भनेका छन्, “विमानस्थल भनिन्छ केही सिष्टममा छैन ।’

स्थानियको १५ करोडबढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाई रहेको कालोपेत्रे सम्पन्न उक्त विमानस्थलको धावनमार्ग निरन्तर फुटिरहँदा समेत चासो नजानु लजास्मत भएको जनाईएको छ । स्थानियले निशुल्क उपलब्ध गराएको २ सय साँढे ६ रोपनी जग्गामा निर्माण सम्पन्न तथा २०६५ सालबाट सुचारु भएको विमानस्थलको सोही ठाउँमा २०६६ सालमा बाहिरबाट पनि पहिरो गएर धावनमार्गको रनवे बाहिर चर्किएकोे थियो । त्यो ताका ९५ हजार खर्च गरेर ग्याभिङवाल लगाई टालटुल गरीएको ठाउँभन्दा अगाडी खोलाको अन्डरग्राउण्डमा कल्भर्ट थुनिएपछी आठवर्षमा गएको पहिरोले अबभने निश्चय पनि विमानस्थलको धावनमार्ग नै भत्काउनुपर्ने भएको छ । धावनमार्गको विच भागमा रहेको रनवे सोही कारण चिरा पदै दविदै गएको छ ।

२०६० बैशाख २० गतेबाट निर्माण शुरु भई २०६२ सालमा नेपाली सेना र आरएको फ्लाईटबाट परिक्षण उडानगरी २०६५ सालमा तारा एयरलाईन्सले अन्तिम परिक्षण उडानसँगै काठमाण्डौ–बिराटनगर नियमित उडान भर्दै आएको विमानस्थलको बिच भागको धावनमार्ग धुजाधुजा पर्नु र अन्डरग्राउण्ड सकिएपछी तल रहेको खोलामा तत्काल रोकथाममा ईन्जिनियरको ध्यान नजाँदा यहि बर्षातमा विमानस्थल बगेर सकिने खतरा बढेको छ ।

जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा कालोपत्रेको काम भईरहेको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण काममा सुस्तता रहेको पाईएको छ । थामखर्क विमानस्थलमा लामो समयदेखि उडान अवरुद्ध छ । यस्तै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलको पनि कालोपत्रेको काम भईरहेको छ । लामीडाँडा विमानस्थलको हालसम्म ३० प्रतिशत काम भईसकेको जनाईएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

संघीय संसदको संयुक्त बैठक बस्दै, संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली पारित गर्ने

संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली आज पारित हुने भएको छ । समिती नहुँदा

Image

१९ बुँदे घोषणापत्र जारी गर्दै काँग्रेस भेला सकियो, दुई दुई वर्षमा सभापतिहरुको भेला गर्न माग

तीन दिन देखि मकवानपुरको हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै

Image

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको

Image

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा

Image

सभामुख र उपसभामुखको पार्टीबारे प्रश्न गर्नु जरुरी छैन : महरा

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले सभामुख र उपसभामुख कुनै पनि पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न