बाग्लुङ: एसईई परिक्षामा ५ हजार बढि बिद्यार्थी सहभागी हुने

  • ३० फाल्गुन २०७४, बुधबार १९:०१
  • 1131 Views


radionrn

छविलाल पाण्डे बाग्लुङ । बाग्लुङ जिल्लामा यस बर्षको एसईई परिक्षामा पांच हजार पांच सय ३२ परिक्षार्थि सहभागि हुने भएका छन् ।
आगामि चैत्र ७ गतेदेखि हुनलागिरहेको यसबर्षको कक्षा १० उर्तिण परिक्षाका लागि जिल्लाभरका १० स्थानीय तहबाट ५ हजार ४ सय १४ नियमित र १ सय २० एक्जाम्टेड गरी कुल ५ हजार ५ सय ३२ परिक्षार्थिले जिल्लाभरका बिभिन्न ३१ परिक्षा केन्द्रबाट परिक्षा दिन पाउने भएका हुन् ।

यसबर्ष एक्जाम्टे परिक्षार्थिका लागि जिल्लाभरकै सबै बिधार्थिलाई बाग्लुङ नगरपालीका िस्थत बिध्यामन्दिर माविबाट परिक्षा दिने ब्यबस्था गरीएको हो । परिक्षा एकै समयमा हुने भएपनी एक्जाम्टेडको संख्या थोरैभएका कारण एकैस्थानबाट परिक्षा गराउने निर्णय भएको जिल्लाशिक्षा कार्यालय बाग्लुङ जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले सामदुायिक रेडियो ढोरपाटनलाई बताउनु भयो ।

उहांका अनुसार जिल्लाको ढोरपाटन नगरपालीका १ अन्र्तगत उत्तरगंगा मावि, रिभरहेड बोर्डिङ र जनता आवाशिय बोर्डिङ स्कुलमा परिक्षा केन्द्र निर्धारण गरीएको छ । त्यस्तै निसिखोला गांउपालीकाको प्रभामावि बोहोरागांउ, तमानखोला गांउपालीकाको जनजागृर्ति मावि बोङगादोभान, बडिगाड गांउपालीकाको भिमगिठे मावि भिमगिठे,भानु मावि ग्वालिचौर, त्रिभुवन मावि खर्वाङ, रमुवा मावि रनसिंहकिटेनी,गल्कोट नगरपालीकाको सिवमावि कांडेवास,पृथ्विमावि हरिचौर, गल्कोट मावि हटिया, महेन्द्रमावि नरेठांटि रहेका छन् ।

त्यस्तै अन्य स्थानीय अन्यतहका बिधालय अन्र्तगतअर्गलमावि अर्गल, अमरमावि बिंहु, धारामावि तंग्राम, भिमसेन मावि बिंहु, सुन्तलाचौर मावि दमेक, शान्तिमावि कुश्मिसेरा, जनकल्याण मावि भिमापोखरा,तित्याङमावि तित्याङ, सारदा मावि बाटाकाचौर, सर्वादय मावि बरेङ, जनतामावि राङखानी, जनतामावि सर्कुवा, संस्कृत मावि बेलबगर, त्रिभुवनमावि पैँयुपाटा, जनताधन मावि नारायणस्थान, धवलागिरी बिरेन्द्रमावि रातामाटा, फियुचर आवासिय मावि बाग्लुङ नगरपालीका, बिध्यामन्दिर मावि बानपा, कालीका कन्या मावि बानपा रहेका छन् ।
उतm परिक्षाकेन्द्रलाई मर्यादित र ब्यबस्थित बनाउनका निम्ती आबस्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । बानपा बाहेक सबै परिक्षाकेन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र प्रस्नपत्र भने चैत्र १ गते पछि मात्र सुरक्षाकर्मिको निगरानीमा रहने गरी उपलब्ध गराईने निर्णय भएको जिसिअ पौडेलले बताउनु भयो ।

प्रत्यक परिक्षा केन्द्रमा ३ सय परिक्षार्थि सम्म १ जना केन्द्रादक्ष र सो संख्या भन्दा बढि भएमा २ जनासम्म केन्द्रादक्ष रहने छन् । प्रत्यक केन्द्रमा १५ जनाका दरले जिल्लाभर ४ सय ६५ सुरक्षाकर्मि, २० देखि २५ जना परिक्षार्थि बराबर एक निरीक्षक सहित अन्य कर्मचारी रहने बताईएको हो । परिक्षालाई थप ब्यबस्थित र मर्यादित बनाउनका निम्ती अब तत्कालै जिल्ला परिक्षा सम्मोन्य समितीको बैठक समेत बस्ने तयारी रहेको पौडेलले बताउनु भयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

संघीय संसदको संयुक्त बैठक बस्दै, संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली पारित गर्ने

संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली आज पारित हुने भएको छ । समिती नहुँदा

Image

१९ बुँदे घोषणापत्र जारी गर्दै काँग्रेस भेला सकियो, दुई दुई वर्षमा सभापतिहरुको भेला गर्न माग

तीन दिन देखि मकवानपुरको हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै

Image

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको

Image

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा

Image

सभामुख र उपसभामुखको पार्टीबारे प्रश्न गर्नु जरुरी छैन : महरा

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले सभामुख र उपसभामुख कुनै पनि पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न