गाउँगाउँमा न्यायलय : न्यायमा जनताको सहज पहूँच

  • ३० फाल्गुन २०७४, बुधबार १८:५१
  • 1378 Views


radionrn

सोम दियाली, सर्लाही ।  सर्लाहीको हरिवनमा न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत सर्लाहीको आयोजनामा गाउँगाउँमा न्याय पालिका भन्ने मूल उदेश्यका साथ यहाँ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला न्यायधिश मोहन राज भट्टराईको उपस्थितीमा हरिवन नगरपालकाकी उपमेयर एवं न्यायिक समिति संयोजक रेणुका पौडेल, न्यायिक समितिका पदाधिकारी, विभिन्न वडाका वडा अध्यक्ष तथा नगरकार्यपालिकाका सदस्य, स्थानीय समाजसेवी, राजनितीक दलका प्रतिनिधी लगायतको सहभागितामा न्याय सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै हरिवन नगरपालकाका प्रमुख प्रशासकीय अघिकृत टिकाराम ढकालले स्थानीय न्यायिक समितिले सम्पादन गर्न सक्ने न्यायिक अधिकार संविधानमा स्पष्ट रुपमै उल्लेख भएको बताउनु भयो । कार्यक्रमको उदेश्यको बारेमा प्रष्ट पार्दै जिल्ला अदालतका स्रेस्तेदार एवं उपसचिव मुकुन्द आचार्यले अब न्यायलय एकै ठाउँमा खुम्चिएर नवस्ने र गाउँगाउँमा गएर न्याय नपाएकाहरुलाई न्याय दिलाउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी चुडामणि वाग्लेले न्याय महंगो बन्दै गएको सर्वसाधरणको महुच सम्म नपुगेको भन्दै न्यायमा सर्वसाधारण नागरीकको सहज पहूच हुने व्यवस्था गर्न आग्रह गर्नु भयो । वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र साहले स्थानीय निकायमा थुप्रै मुद्धाहरु थन्किएर बसेकोले ती मुद्धाहरु सल्टाउन न्यायिक समितिलाई आग्रह गर्नु भयो । समाजसेवी विदुर प्याकुरेलले विचौलियाहरुको कारण न्याय खर्चिलो बन्दै गएकोले विचौलीयको प्रवृति अन्त्य गर्न अदालत स्वयम सक्षम हुनु पर्ने बताउनु भयो ।

सहभागिहरुबाट आएका विषयमा बोल्दै जिल्ला न्यायाधिश मोहनराज भट्टराईले न्यायालयलाई हेर्ने दृष्टिोकोण वदल्नु पर्ने बताउनु भयो । आफुहरुले जनताले न्यायमूर्ति र न्यायलय माथि गरेको विश्वासलाई कायम राख्न सवैको सहयोगको खाँचो रहेको धारणा राख्नु भयो ।

Avatar

Next Story