आर्थिक सम्बृद्धिको प्रारम्भिक जग स्थानीय तह: लक्ष्मण अर्याल

  • २९ फाल्गुन २०७४, मंगलवार १९:१५
  • 780 Views


radionrn

श्रीभद्र पौडेल, पोखरा । प्रदेश नं. ४ का मुख्य सचिव लक्ष्मण अर्यालले आर्थिक सम्बृद्धिको प्रारम्भिक जग स्थानीय तह भएको बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको आगामि आ.व २०७५/०७६ को पुर्व योजना तर्जुमा गोष्ठीको मंगलवार उद्घाटन गर्दै मुख्य सचिव अर्यालले सो कुरामा जोड दिनुभएको हो ।

सचिव अर्यालले सबै स्थानिय तह आर्थिक रुपमा मजबुत भए देश स्वतः सम्बृद्धिको दिशातर्फ उन्मुख हुने दावी गर्दै स्थानिय तहले १० बर्षे विकासको सोच तथा पाँच बर्षे विकासका योजना बनाउनुपर्ने टिष्पणी गर्नुभयो । उहाँले योजनाको बैक निर्माण गरी विकास कायलाई स्थानीय तहले अगाडि बढाउनुपर्ने तर्क पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाले २० बर्षेका दीर्घकालिन, पाँच बर्षे मध्यकालिन तथा दुई बर्षे अल्पकालिन योजना निर्माण गरी समग्र गाउँपालिका क्षेत्रको विकास गर्न खोजेको जानकारी गराउनुभयो । उहाँले गाउँपालिकामा सबै वडा जोडने गरी अन्नपूर्ण रिङरोडको अवधारणलाई आगामि दुई वर्ष भित्र पुरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोषकान्त पौडेलले गर्नुभएको थियो । गाउँपालिकाले आगामि आवका लागि रु. ५१ करोड बराबरको बजेटको तयारी गरेको जनाएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

संसदमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा

Image

पोखरीमा नुहाउन गएका चार बालिकाको डुबेर मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४

Image

नवगठिन नेकपामा बरियताको विषयलाई लिएर विवाद

नव गठिन नेपाल कम्युनिस्ट पार्टीमा बरियताको विषयलाई लिएर शीर्ष नेताले नै असन्तुष्टि जनाएका छन् । आज बसेको नेकपा

Image

नुहाउने क्रममा पोखरीमा डुबेर रुपन्देहीमा चार बालिकाको मृत्यु, गाउँ नै शोकमा

रुपन्देहीमा पोखरीमा डुवेर चार बालिकाको मृत्यु भएको छ । लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित

Image

नेकपाको सचिवालय बैठक सम्पन्न, तीन समिति गठन, पार्टी कार्यालयबारे यस्तो निर्णय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले