दाङ : यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउछौ : यातायात यवसायी

  • २९ फाल्गुन २०७४, मंगलवार १९:०६
  • 1690 Views


radionrn

शरद रेग्मी, दाङ  । राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिका नवानिर्वाचित पदाधिकारिहरुले यातायात क्षेत्रलाई अझै ब्यवस्थीत बनाउदै ब्यवसायीहरुको लगानि संरक्षणमा ध्यान दिने बताएका छन । १७ औ अधिवेशन तथा ३३ औ साधारण सभाबाट निर्वाचित
पदाधिकारिहरुलाई आज रिपोटर्स क्लब नेपाल दाङले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पदाधिकारिहरुले त्यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै समितिका नवनिर्वाचित अध्यक्ष शुरेस हमालले आगामि दिनमा पुर्ण स्वच्छ प्रतिस्प्रर्धाका साथ यातायात क्षेत्रलाई ब्यवस्थीत गर्दै अगाडि वढने बताउनुभयो । उहाँले पछिल्लो समयमा प्रालिका नाममा अस्वस्थ प्रतिस्प्रर्धा वढिरहेको भन्दै हमालले त्यसले सवै ब्यवसायीहरुलाई हानि पु¥याउने बताउनु भयो ।

त्यसैगरि हमालले अधिवेशनका बारेमा केहि साथीहरुले असन्तुष्टि जनाएको भन्दै आफुले सवैलाई मिलाएर समितिलाई अगाडि वढाउने बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले जनतालाई सहज हुने गरि यातायात क्षेत्रलाई ब्यवस्थीत गर्न आग्रह गर्नुभयो ।

पछिल्लो समयमा यातायात क्षेत्रमा बिकृति वढेकोभन्दै त्यसले सवैलाई हानि पु¥याउनेमा जोड दिनुभयो । उहाँले अझै पनि यात्रुहरुलाई गाडि स्टाफहरुले तान्ने प्रवृतिको अन्त्य नभएको भन्दै त्यस्तो कार्यले जिल्लाको पहिचानमा समेत असार पु¥याउने बताउनु भयो । त्यसैगरि कार्यक्रममा बोल्दै नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले नागरिकहरुलाई सहज हुने गरि यात्रुमैत्रि बातावरणमा


यातायात संचालनको पहल थाल्न नवनिर्वाचित पदाधिकारिहरुलाई शुभकामना दिनुभयो । रेग्मीले यातायात क्षेत्रको सुधार आवश्यक रहेको भन्दै त्यसका लागी सवै लाग्नुपर्नेमाजोडदिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै ईलाका प्रहरि कार्यालयतुलसीपुरका डि ए पि प्रकाश सापकोटा , शसस्त्र प्रहरि वेश क्याम्प तुलसीपुरका डि एस पि जगदिश जोसिले शान्ति पुर्ण रुपमा अधिवेशन सम्पन्न गरेको प्रति धन्यबाद दिनुभयो । त्यसैगरि शान्ति पुर्ण रुपमा यात्रुहरुलाई सहज हुने गरि स्वच्छ प्रतिस्प्रर्धाकासाथ ब्यवसाय संचालन गर्न आग्रह गर्नुभयो ।


रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा समितिका नवनिर्वाचित प्रशासनिक सचिव नारायण न्यौपानेले नवगठित समितिले सवै ब्यसायीहरुको हितमा काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा नवानिर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई टिका एव खादा लगाएर स्वागत सम्मान गरिएको थियो । सोहि कार्यक्रममा तुलसीपुर बाट सरुवा भएर जान लाग्नु भएको शसस्त्र प्रहरि वेश क्याम्प तुलसीपुरका डि एस पि जगदिश जोसि र प्रहरि निरिक्षक गोविन्द केसीलाई बिदाई समेत गरिएको थियो । कार्यक्रमको संचालन रिपोटर्स क्लव नेपाल दाङ शाखाका सचिव बिमल गौतमले गर्नु भएको थियो ।

Avatar

Next Story