सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै

  • २९ फाल्गुन २०७४, मंगलवार १८:४९
  • 2132 Views


radionrn

चाँदनी केसी, सुर्खेत । सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहहेको एक तथ्यांक सार्वजनिक भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लाभर चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ३ सय ३० जना नयाँ बालबालिका कुपोषणको चपेटामा परेका छन् ।

कार्यालयका सुचना अधिकारी वसन्तमान श्रेष्ठले ति मध्ये ३८ बालबालिका अति जोखिममा रहेको जानकारी दिनुभयो । कार्यालयले अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सुचना अधिकारी श्रेष्ठले सबैभन्दा बढी दलित समुदायका बालबालिका कुपोषणमा रहेको जानकारी दिनुभयो ।  उहाँले करिब २ सय बालबालिका दलित समुदायका रहेको जानकारी दिनुभयो । कुपोषणमा परेका सबै बालबालिका २३ महिना भन्दा मुनिका छन् ।

उहाँका अनुसार गत आर्थिक वर्षमा १ सय ७५ मात्र कुपोषित बालबालिका थिए । यस तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुपोषित बालबालिकाको संख्या धेरै हो ।  जिल्लामा बालबालिकाहरुलाई कुपोषणबाट पिडित हुन नदिनका लागि विभिन्न जनचेतना कार्यक्रम, सहयोगका कार्यक्रमहरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम, कृषि तथा खाद्यय सुरक्षा कार्यक्रम संचालन भएको श्रेष्ठले जानकारी दिनुभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

संसदमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा

Image

पोखरीमा नुहाउन गएका चार बालिकाको डुबेर मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४

Image

नवगठिन नेकपामा बरियताको विषयलाई लिएर विवाद

नव गठिन नेपाल कम्युनिस्ट पार्टीमा बरियताको विषयलाई लिएर शीर्ष नेताले नै असन्तुष्टि जनाएका छन् । आज बसेको नेकपा

Image

नुहाउने क्रममा पोखरीमा डुबेर रुपन्देहीमा चार बालिकाको मृत्यु, गाउँ नै शोकमा

रुपन्देहीमा पोखरीमा डुवेर चार बालिकाको मृत्यु भएको छ । लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित

Image

नेकपाको सचिवालय बैठक सम्पन्न, तीन समिति गठन, पार्टी कार्यालयबारे यस्तो निर्णय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले