सुर्खेत: भेरी नदिमा नुहाउन गएका युवकको मृत्यु

  • २९ फाल्गुन २०७४, मंगलवार १८:४६
  • 1066 Views


radionrn

चाँदनी केसी, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका राकम नजिकै भेरी नदिमा नुहाउन गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतको पन्चपुरी नगरपालिका वडा नम्बर ४ विद्यापुरका २० वर्षिय खगेन्द्र वयक रहेको ईलाका प्रहरी कार्यालय बाँदेपिपल राकमले जनाएको छ ।

मृतक बैयक राकमको सडकमा काम गर्ने मजदुर रहेको प्रहरीले बताएको छ ।  खाना खाएर आज मध्यान्हको १२ बजे तिर भेरी नदिमा नुहाउन गएका वयक अचेत अवस्थामा फेला पर्नुभएको थियो ।

उपचारका लागि उहाँलाई मेहेलकुना अस्पतालमा लगिएपनि करिब ४ बजे उहाँलाई अस्पतालले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

Avatar

Next Story