खोटाङ: अागलागीबाट १५ लाख बढीको क्षति

  • २९ फाल्गुन २०७४, मंगलवार १८:४३
  • 624 Views


radionrn

उत्तम चौलागाँई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भएकाे आगलागीमा घर जल्दा १५ लाख बढी क्षति भएको छ । भान्सा कोठाबाट सल्किएको आगोले दिक्तेल–खार्मी सडकखण्डमा पर्ने सोती भन्ने स्थानमा रहेको बकसमणि राईको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा १५ लाख ४२ हजार बराबरको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएका नगद ५० हजार रुपैंयाँ , बिक्री गर्न राखिएको ६ मन अलैंची, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात लगायत जलेर नष्ट भएको स्थानीय हर्कराज राईले जानकारी दिनुभयो । घरमा लागेको आगो स्थानीयले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।

आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेर नष्ट भएपछि राई परिवारको विचल्ली भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने