खोटाङमा वडादेखि जिसस सदस्यलाई समेत सेवा सुबिधा माग

  • २९ फाल्गुन २०७४, मंगलवार १८:३७
  • 702 Views


radionrn

उत्तम चौलागाँई, खोटाङ । जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका सदस्य, नगर÷गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यका लागि पनि सेवा सुबिधाको माग गरेको छ ।

५ नम्बर लगायतका प्रदेशले जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको मात्र तलव तथा सेवा सुबिधा निर्धारण गरेको भन्दै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटीले सदस्यको सेवा सुबिधा समेत स्पष्ट पार्नुपर्ने माग गरेको हो ।

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चामलीङले वडा सदस्यदेखि जिल्ला समन्वय समितिका सदस्यको सेवा सुबिधाका विषयमा प्रदेशले नबोल्दा अन्यौल सिर्जना भएको उल्लेख गर्नुभयो ।

अधिकांश प्रदेशले जननिर्वाचित प्रतिनिधिको तलव तथा सेवा सुबिधा निर्धाण गर्ने तयारी गरिरहेका बेलामा महासंघले सदस्यदेखि प्रमुखसम्मको सेवा सुबिधा स्पष्ट बनाउनुपर्ने माग गरेको जनाएको छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश कमिटीको माघ २४ गते विराटनगरमा बसेको पहिलो बैठकले हरेक जिल्ला समन्वय समितिलाई सशक्त र अधिकार सम्पन्न निकायकारुपमा स्थापित गराउन दबावमुलक कार्यक्रम गर्ने निर्णय गरिसकेको छ ।

गत हाल हरेक जिल्ला समन्वय समिति अधिकार विहिनताको अवस्थाबाट गुज्रेको भन्दै महासंघले ऐन र नियम निर्माण गरेर वर्तमान प्राप्त जिम्मेवारीलाई परिभाषित गर्न दबाव सिर्जना गर्ने निर्णय गरेको चामलीङले बताउँनुभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने