राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

  • २९ फाल्गुन २०७४, मंगलवार १७:३८
  • 3991 Views


radionrn

काठमाडौं । मुलुको तेस्रो राष्ट्रपतिमा वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
आज भएको निर्वाचनमा उहाँले प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजीत गर्नु भएको हो । भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गर्नु भएको छ ।
नयाँ राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५ सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका थिए । स्वतन्त्र सांसद डा बाबुराम भट्टराई सहित प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १३ सांसद मतदानमा अनुपस्थित थिए ।
भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मतदान गरेका थिए । भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनु भएको थियो ।

Avatar

Next Story