बिमान दुर्घटनाबारे बुझ्न बंगलादेशको उच्चस्तरीय टोली काठमाडौंमा

  • २९ फाल्गुन २०७४, मंगलवार १५:३४
  • 1911 Views


radionrn

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आएको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

  • ताजा समाचार

ताजा समाचार

Image

संघीय संसदको संयुक्त बैठक बस्दै, संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली पारित गर्ने

संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली आज पारित हुने भएको छ । समिती नहुँदा

Image

१९ बुँदे घोषणापत्र जारी गर्दै काँग्रेस भेला सकियो, दुई दुई वर्षमा सभापतिहरुको भेला गर्न माग

तीन दिन देखि मकवानपुरको हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै

Image

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको

Image

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा

Image

सभामुख र उपसभामुखको पार्टीबारे प्रश्न गर्नु जरुरी छैन : महरा

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले सभामुख र उपसभामुख कुनै पनि पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न