नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

  • २९ फाल्गुन २०७४, मंगलवार ०९:५४
  • 1131 Views


radionrn

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । मुलुकले संघीयता गणतन्त्रात्मक शासन प्रणाली अपनाएयता तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रपतिका लागि बाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा निर्वा्चित हुनका लागि एमाले र माओवादीसहितको वाम गठबन्धनकै मत पर्याप्तरहेको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत समर्थन वाम गठबन्धनलाई रहेकाले भण्डारीले सहजै चुनाव जित्ने सम्भावना कायम छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि मतदान गर्नेसमय तोकिएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ । आयोगले संघीय संसदका ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा नामावली प्रकाशनपछि मात्रै शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् ।

संघीय संसद्का सदस्यका लागि हरियो र प्रदेशसभाका सदस्यका लागि रातो मतपत्रकोव्यवस्था गरिएको छ । राप्रपा प्रजातान्त्रिकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई मतदान गर्ने भएको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले आज हुने राष्ट्रपति निर्वाचनमा राईलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभएको छ ।

विवेकशील साझा र नयाँ शक्ति पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएका छन् । राष्ट्रपतिका उमेदवारहरु दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून भएको भन्दै विवेकशील साझाले निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।यसैगरी नयाँ शक्तिले प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको भन्दै चुनावमा भाग नलिने जनाएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने