युएस बङ्ला विमान दुर्घटनाको मुख्य कारण : ‘यसरी खस्यो विमान’

  • २९ फाल्गुन २०७४, मंगलवार ०८:०५
  • 6903 Views


radionrn

काठमाडौं :– यु।एस।–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरुको राजधानीका केएमसी, सिभिल, नर्भिक, वीर लगायतका अस्पतालमा उपचार भैरहेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण :

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।

– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।

– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।

– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’

– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।

– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।

– पाइलटले ‘वि आर ओके’ भन्यो ।

– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन ।

– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।

– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।

– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।

– तार भत्काउँदै खाल्डोमा गयो ।

– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ ।

– तत्कार उद्दार सुरु भयो ।

– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए ।

विमान दुर्घटना : यस्तो छ ‘युएस बङ्ला वायुसे;autoplay=1डिएर ड्यास–८ क्यु ४००’ को परिचय :

काठमाडौं–यु.एस.–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ ।

यु.एस.–बङ्ला एअरलाइन्स बङ्लादेशको सात विमानसेवा मध्य एक हो । यो बङ्लादेशको नीजि विमान सेवा हो । यसलाई यु.एस.–बङ्ला ग्रुपले सञ्चालन गरिरहेको छ । सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा शुरु गरेको थियो । शुरुका केही वर्ष आन्तरिक उडान मात्र भरिरहेको यो वायुसेवाले सन् २०१६ बाट अन्तराष्ट्रिय सेवा दिन थालेको हो ।

हाल यो विमानसेवाले आन्तरिक उडानको अतिरिक्त भारत, नेपाल, मलेशिया, ओमन, कतार , सिङ्गापुर र थाइल्याण्ड सात देशमा अन्तराष्ट्रिय सेवा दिइरहेको छ । यसका लागि विमानसेवाले १५८ क्षेमताका बोइङ्ग ७३७ का ४ वटा र बम्बार्डियर ड्यास–८का ४ विमान प्रयोग गरिरहेको छ ।

आज दुर्घटना भएको मोडल बर्मबार्डिएर ड्यास–८ विमान दुई इन्जिन भएको, मध्यम दुरीमा उडान भर्न मिल्ने खालको विमान हो । यो विमानलाई ‘डि ह्याभिल्याण्ड क्यानडा’ले सन् १९८४ मा सार्बजनिक गरिएको थियो । सो समय यसलाई उत्पादक कम्पनीको नाम जोडेर ‘डि ह्याभिल्याण्ड क्यानडा ड्यास–८’ भनिन्थ्यो । हाल यसलाई ‘बमबार्डिएर एरोस्पेस’ले उत्पादन गर्ने भएकाले यसको नाममा सोही कम्पनीको नाम जोडिएको छ ।

यो विमानहरुको संस्करण जनाउन कम्पनीले ‘क्यु सेरिज’ नाम दिने गरेको छ । नेपालमा दुर्घटना भएको विमान क्यु–४०० हो । क्यु–४०० बम्बार्डिएर एरोस्पेसले उत्पादन गरेको सबैभन्दा पछिल्लो संस्करणको विमान हो । कम्पनीले आफ्ना पुराना विमान श्रृङ्खलाहरु सन् २००९ बाट उत्पादन गर्न बन्द गरेकाले हाल कम्पनीले यही क्यु–४०० मात्र उत्पादन गरिरहेको छ ।

यो अघि पनि सन् २०१५ सेप्टेम्बर ४ मा यु.एस.–बङ्लाको ‘बम्बार्डिएर ड्यास– ८ क्यु–४०२एस’ विमान आन्तरिक उडानको क्रममा धावनमार्गबाट चिप्लिएको थियो । सो दुर्घटनामा भने कुनै हताहती भएको थिएन ।

Avatar

Next Story