सर्लाही: महायज्ञमा करिब ४ लाख ५० हजार रुपैयाँ संकलन

  • २८ फाल्गुन २०७४, सोमबार १९:५६
  • 3965 Views


radionrn

सोम दियाली, सर्लाही । सर्लाहीको लालबन्दीमा फागुन २१ गतेबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अन्तिम दिन सम्म करिब ४ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।

१०८औं अन्तराष्ट्रिय श्रमिक नारि दिवशको अवशरमा सर्लाही साहित्य समाजको अग्रसरता एवम चेतनाको लहर आमा समुह, ढुकढुकी एफ.एम र लालबन्दी नगरपालीकाको सहकार्यमा महायज्ञ सुरु भएको हो ।

महायज्ञ ब्यबस्थापन मुल आयोजक समिती संयोजक एवम सर्लाही साहित्य समाजकि उपाध्यक्ष राजेश्वरि काफ्लेका अनुसार महायज्ञमा संकलन हुने रकमबाट सर्लाहीका नारिहरुद्वारा लिखित कृतिहरुको प्रकाशनका निम्ति कोष खडा गर्ने, पुस्तकालयको स्थापना गर्ने लगाएतका कार्य गरिने छन् ।

Avatar

Next Story