ओलीलाई दुई तिहाई विश्वासको मत दिनु औपचारिकता मात्रै : अर्जुननरसिंह केसी

  • २८ फाल्गुन २०७४, सोमबार १२:२७
  • 3068 Views


radionrn

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीलाई अधिकांश दलले विश्वासको मत दिनु औपचारिकता मात्रै भएको बताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले प्रधानमन्त्रीलाई दुईतिहाई बहुमत प्राप्त हुने कुरालाई आफूहरुले अनर्थ नमानेको बताउनु भयो । अहिले विश्वासको मत दुईतिहाईभन्द बढि प्राप्त भए पनि आगामी दिनमा सरकारले गर्ने कामका आधारमा त्यो घटबढ हुन सक्ने केसीको भनाई छ ।

सरकारलाई कांग्रेसले प्रतिपक्षी दलको रुपमा रचनात्मक सहयोग गर्ने केसीले बताउनुभयो । प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिवद्धतालाई पूरा गर्न दबाब दिने बताउँदै उहाँले लोकतन्त्र र विधिको शाषन विरुद्ध सरकार जान खोजे खबरदारी गर्ने बताउनुभयो ।

कांग्रेसभित्र गुटगत राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिदै केसीले आफू कुनै पनि नेताको गुटमा नरहेको दाबी गर्नुभयो ।

Avatar

Next Story