एमालेबाट को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

  • २८ फाल्गुन २०७४, सोमबार ०९:३८
  • 3146 Views


radionrn

नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज लगाउँदै छ । दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी रहनु भएको छ ।

माओवादीसँग भएको सहमतिअनुसार एमालेले राष्ट्रियसभाको अध्यक्ष पाएको छ । सभामुख भने माओवादीबाट कृष्णबहादुर महरा बन्नु भएको छ ।

आउँदो फागुन ३० गते हुने राष्ट्रिय सभा अध्यक्षको चुनावका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।

उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

Avatar

Next Story