लागुपदार्थ विरुद्ध १०० औ दिन अभियान आजदेखि सुरु

  • २७ फाल्गुन २०७४, आईतवार १९:३४
  • 3601 Views


radionrn

चितवन ,फागुन -२७ , आशा खरेल :- परिवर्तन आमा समूह के बि लाइन भरतपुर ११ ले हामी सबैको परिकल्पना लागुपदार्थ रहित समाजको चाहाना भन्ने नाराका साथ लागुपदार्थ विरुद्ध १०० औ दिन अभियान आजदेखि सुरु गरेको छ ।

गाउँका युवाहरु लागुपदार्थ जस्तो दृव्र्यसनीमा फसेका कारणले गर्दा युवामा चेतना फैलाउन र सकारात्मक बाटोमा हिड्याउनका लागि यो अभियान सुरु गरिएको हो ।

युवाहरु यसरी लागु पदार्थ सेवन गरी कुलतमा फस्न नदिन र जति फसेका छन तिनीहरुलाई पहिल्यैको सामान्य जीवनमा फर्काउनलाई आमा समूह लागि परेको छ ।

सो कार्यक्रममा सदस्य कल्पना श्रेष्ठ,बिष्णु माया पारियार, शोभा बि क,पुजा बि क,अमृता गुरुङ,लक्ष्मी गुरुङ,धनमाया गुरुङ ,सल्लाहकार चिज कुमारी राइ,हरि माया अधिकारी,कोषाध्यक्ष देबि राई,उपाध्यक्ष ईन्द्र कुमारी बुढा थोकि,सचीव जमुना परियार,अध्यक्ष सुन्दरी बि क र सम्पूर्ण टोलबासी लगायतको सहभागीमा कार्यक्रम जारी रहेको छ ।

Avatar

Next Story