काठे पुल प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : झोलुङगे पुल निर्माण सम्पन्न

  • २७ फाल्गुन २०७४, आईतवार १९:२५
  • 2067 Views


radionrn

दानुरी शेर्पा, ओखलढुगांं :- खिजीदेम्बामा ४२ लाख १० हजारको लागतमा झोलुङगे पुल निर्माण कार्य सम्पन्न भइ संचालनमा, काठे पुल प्रयोग गर्नुपर्ने बाध्यता हट्यौ ।

खिजीदेम्बाको वडा नं ६ मा पुल निर्माण सम्पन्न भइ आज एक कार्यक्रमकाबिच उद्यघाटन गरिएको छ । वडा नं ६ को फेदी खोलामा ३५ मिटर लामो झोलुङगे पुलको आज कार्यक्रम गरी उद्यघाटन गरिएको हो । सो पुल निर्माण ४२ लाख १० हजारको लागतमा सम्पन्न भएको प्रोजेक्ट म्यानेजर रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि कादुरी नामक संस्थाले सहयोग गरेको थियो ।पुलको उद्यघाटन कादुरीका प्रोजेक्ट डाइरेक्टर कर्नेल एन्ड्रुज र गाँउपालिकाका उपप्रमुख सुशिला तामाङले रिब काटेर गर्नुभएको थियो ।

साो पुल निर्माणका लागि स्थानीयले समेत श्रमदान गरेका थिए । पुल निर्माण भएपछि स्थानीय र बटुवालाई हिँडन सहज भएको छ । पुल नबन्दा सोही बाटो हुँदै सदरममुकाम र अन्य ठाँउ जाने यात्रुहरु, काठे पुल तर्नुपर्ने बाध्यता थियो । केही बर्षयता खिजीदेम्बाको ६ नं वडामा ४ वटा भन्दा बढी झोलुङगे पुल निर्माण भइ संचालनमा आएको छ ।

Avatar

Next Story