पाँचथर: जिल्लाब्यापी बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी फिदिम माविको पोल्टामा

  • २६ फाल्गुन २०७४, शनिबार १९:०९
  • 9048 Views


radionrn

खविन लुईटेल, पाँचथर । पाँचथरको फिदिममा आयोजित जिल्लाब्यापी बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड फिदिम माध्यामिक विद्यालयले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा फिदिम माविको खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा भलिवल, एथलेटिक्स र रिले सहितका विभिन्न ४४ बिधामा प्रतिश्पर्धी विद्यालयलाई पछाडी पार्दै फिदिम माविले रनिङ शिल्ड जितेको हो ।

फिदिम माविले ४४ मध्ये १० स्वर्ण, ८ रजत र ३ काश्य पदक जितेको थियो । यस्तै ९ स्वर्ण, २ रजत र १ काश्य पदक जित्दै गणेश मावि नागी दोस्रो तथा ८ स्वर्ण र रजत पदक जित्दै रानिटार मावि तेस्रो भएका छन । जिल्लाका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिता फागुन २४ गते सम्पन्न भएको थियो । विजयी विद्यार्थी र खेलाडीलाई फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले पुरस्कार मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

Avatar

Next Story