नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष प्रस्तुत

  • २६ फाल्गुन २०७४, शनिबार १६:४५
  • 1430 Views


radionrn

२०७४ फागुन २६, काठमाडौँ :- आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।

नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।

२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे । सुपर सिक्समा पुग्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ ।

Avatar

Next Story