बसन्त र राजुले सहकार्यको ‘सिल्भर जुब्ली’ मनाउँदा गणेश र साधनाको रोमान्स (हेर्नुहोस् भिडियो)

  • २६ फाल्गुन २०७४, शनिबार १०:०२
  • 1014 Views


radionrn

नेपाली संगीत धरातलमा गीतकार बसन्त वित्यासी थापा र संगीतकार राजु सिंह गरिमामयी नाम हुन् । गीतकार थापा र संगीतका सिंहले थुप्रै गीतमा सहकार्य गरेका छन् । यतिबेला यी दुई अब्बल स्रष्टाहरुले सहयात्राको २५औं वर्षगाँठ मनाएका छन् ।
२५ वर्षअघि रित्तो सडकमा बोलको गीतबाट सांगीतिक सहकार्य गर्दै आएका गीतकार बसन्त र संगीतकार राजुले आफ्नो सहकार्यको रजत जयन्ती मनाउँदै गर्दा मोडल गणेश अग्रवाल र साधना शर्माले सहयात्राको शुरुवात गरेका छन् ।

सहकार्यको २५ औं वसन्त पार गरेको खुशीमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।‘तिमी मेरो साथी’ नामक एल्वमको ‘फुल भन्दा कमि छैन’ बोलको गीत तथा भिडियो सार्बजनिक गर्दै संगीतकार राजुले भने, ‘यो हाम्रो सांगीतिक सहकार्यले २५ वर्ष पार गरेको छ । यहाँसम्म आउँदा पनि हाम्रो मित्रता र सांगीतिक सहकार्य उस्तै सुमधुर र अकाट्य छ ।’संगीतकार राजुले आफ्नो सांगीतिक करिअरबाटै गीतकार बसन्तसँग सहकार्य गर्दै आएका हुन् ।

राजु र बसन्तलाई ‘नजरको दोषी बनि’, ‘रित्तो सडक’जस्ता चर्चित गीत दिएपछि अगाडि बढ्न सजिलो भयो । गीतकार बसन्तले ती गीतले आफ्नो ट्रनिङ पोइन्ट ल्याएको बताउँदै बताए । उनले संगीत क्षेत्रमा २५ वर्षे लामो यात्रामा धेरै उतार चढाव आए पनि आगामी दिनमा यस्तै सहकार्य रहिरहने बताए ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने