अमेरिकी राष्ट्पति ट्रम्पले आगामी मेसम्ममा उत्तर कोरियाली नेता उनसँग भेटवार्ता गर्ने

  • २५ फाल्गुन २०७४, शुक्रबार १२:१३
  • 2132 Views


radionrn

अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनसँग आगामी मेसम्म भेटवार्ता गर्ने भएका छन् ।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

उत्तर कोरियाली नेता किमले आफ्नो आणविक कार्यक्रम रोक्ने जनाएपछि ट्रम्पले भेटवार्ता गर्ने बताइएको हो ।
राष्ट्रपति ट्रम्पसँगको भेटपछि दक्षिण कोरियाली सुरक्षा सल्लाह योङले उत्तर कोरियाले यसै हप्ताभित्र आणविक कार्यक्रम स्थगित गर्ने घोषणा गर्ने समेत बताएका छन् ।

उनले आफ्नो देशको प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग कुरा गर्दा आणविक कार्यक्रम स्थगित गर्न तयार रहेको बताएको जानकारी दिएका छन् ।

Avatar

Next Story