उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम त्याग्न तयार

  • २३ फाल्गुन २०७४, बुधबार ११:१४
  • 2379 Views


radionrn

उत्तर कोरियाले परमाणु हतियारसम्बन्धी आफ्ना कार्यक्रम त्याग्न सक्ने जनाएको छ । देशको सुरक्षा ग्यारेन्टी हुने हो भने परमाणु कार्यक्रम आफ्ना लागि आवश्यक नरहने उत्तर कोरियाको भनाइ छ ।उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग यी योङ्गसँगको छलफलमा यस्तो भनाइ राखेका हुन् ।

आफ्नो मुलुकलाई दिइदैं आएको सैन्य धम्की बन्द हुने हो र देशको सुरक्षाको ग्यारेन्टी हुने हो भने आफ्ना सबै परमाणु कार्यक्रम त्याग्न सक्ने उत्तर कोरियाली नेताको भनाइ थियो ।सो भेटवार्तापछि दक्षिण कोरियाले उत्तर कोरिया परमाणु हतियार र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन तयार रहेको जनाएको छ ।

Avatar

Next Story