जीबन बडूको “तिमि मेरो मुटु” बजारमा

  • २२ फाल्गुन २०७४, मंगलवार १६:४२
  • 1638 Views


radionrn

फाल्गुन २२, सानै उमेर देखिनै गीतसंगीत क्षेत्रमा आफ्ना पाइला चाल्दै आएका जीबन बडूको आवाजमा “तिमि मेरो मुटु” सार्वजनिक गरिएको छ । जीवन बडू सुदुर पश्चिमका पहिला एरेन्जर भुवन प्रकाश बडूको छोरा हुन् । भुवन प्रकाश बडू सुदुर पश्चिमका पहिला एरेन्जरका साथै हजारौ देउडा गीत, फिल्मी गीत, आधुनिक गीतहरुमा आफ्नो स्वर दिई सकेका छन र पछिल्लो समय उनका छोरा जीबन बडू पनि गीत संगीतका क्षेत्रमा अत्यन्तै बेस्त् रहेका छन् ।

जीबन बडू सानै देखि गीतसंगीत क्षेत्रमा लाग्दै आएका छन् र उनले आफ्नै स्वर शब्द तथा सगीतमा एक दर्जन सम्म गीत गैसकेका छन् भने अहिले बजारमा आएको गीत “तिमि मेरो मुटु” पहिलो म्युजिक भिडियो रहेको छ । गीतमा जीबन बडू आफ्नै शब्द/संगीत/स्वर/एरेन्ज रहेको छ भने गीतको म्युजिक भिडियोमा जीबन बडू र निशा साशंकर फिचर रहेका छन् भने गीतलाइ न्रिदेशन कुन्दन राइले गरेका छन् ।

त्यसै गरि गीतको सम्पादन अमन बडूले गरेका हुन् ।

Avatar

Next Story