अमेरिका पुर्याइएका बाह्रौ शताब्दीका मूर्ति फिर्ता हुँदै

  • २२ फाल्गुन २०७४, मंगलवार १२:५१
  • 1677 Views


radionrn

मधुकर अधिकारी ,वासिङ्टन डिसी, २२ फागुन  : – विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको छ ।

सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताउनुभयो । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताउनुभयो ।

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल(चैतवैशाख)भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ । (रासस)

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने