चिरिबाबु महर्जन ,हरि प्रभा खड्गी तथा जापानमा रहेका नेपालीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • १७ फाल्गुन २०७४, बिहीबार १४:२७
  • 3107 Views


radionrn

मार्च १, टोकियो :- जापान भ्रमणमा रहनुुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गी श्रेष्ठ तथा जापानमा रहेका नेपालीहरु विच अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

जापान सरकार वातावरण मन्त्रालयको निमन्त्रणामा टोकियो आउनुभएका मेयर महर्जन र उपमेयर श्रेष्ठ संगको उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति जापानद्वारा फेब्रुअरी २८ तारिक नेपाली मुरा हल सोलमारीमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै ललितपुरका मेयर महर्जन र काठमाण्डौकी उपमेयर श्रेष्ठले जापानको प्रविधि र विकास लाई नेपालमा भित्र्याउन सकेमा हाल नेपालमा बढ्दो वातावरणिय प्रदुषण लाई नियन्त्रण गर्न सकिने भन्दै सो कार्यका लागि सवै नेपालीहरुले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष पुष्कर जंग थापाको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ( एनआरएनए–आईसीसी) सदस्य महेश कुमार श्रेष्ठ, एनआरएनए–आईसीसी सल्लाहकार कपिल देव थापा, नेपाली काँग्रेस महासमिति सदस्य चिरन्जिवी थापा, नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति बलराम श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका प्रवक्ता सुरेश गिरी, नेवाः फोरमका सुनिल शाक्य, नवलपुर–नवलपरासी समाजका अध्यक्ष सागर कँडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापान, कान्तोका संयोजक एकेन्द्र थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने