होली खेल्दै हुनुहुन्छ ? ध्यान दिनुस यी कुराहरुमा !

  • १७ फाल्गुन २०७४, बिहीबार ०८:०५
  • 5954 Views


radionrn

दिनेश न्यौपाने ,काठमाण्डौ । होली रंग खेल्दै सबैसंग आत्मियताको सम्बन्ध गास्ने पर्वका रुपमा पनि लिइन्छ। होलीमा जसरी मानिसहरुको बाहिरी आवरण रंगले रंगिएको हुन्छ । त्यसरीनै मनमा पनि हर्षउल्लास, उमंग र आत्मियताले रंगिएको हुन्छ ।

रसायनयुक्त रंगले ज्ञानिन्द्रीय असर
पछिल्लो समयमा हामीले होलीमा कसरी रंगहरुसंग रमाउने भन्ने कुराको ख्यालै नगरी जथाभाविरुपमा खेलिने रंगहरुले हाम्रो स्वास्थ्यमा कस्तो असर पुर्याइरहेको छ भन्ने हेक्का समेत राख्दैनौ । यसरी जथाभावी रुपमा खेलिने रंगहरुले मानिसका ज्ञानिन्द्रीयहरुमा नराम्रो असर पार्न सक्छ ।

रंगहरुसंगै रमाउने, रङ्गीन पानिमा छुलुमुलु गर्दै, होलीका गित गाउँदै, रमाइलो गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा होलीलाई लिइन्छ । होली रङ्गहरूको चाड हो । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।
राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । तर पछिल्लो समयमा बजारमा पाइने केमिकल युक्त रंगले होली खेलिनु र जथाभावि छ्याप्ने प्रबृतीले हाम्रो स्वास्थ्यमा ठुलो नकरात्मक असर पार्ने प्राध्यापक डा.ढुंडिराज पौडेल बताउछन् ।

होली खेलौ, आत्मियता बाँडौ
होलीको दिन स–साना नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीमा एक अर्कालाई रंगसंग खेल्दै आत्मियता बाड्ने गर्छन् । फागुपूर्णिमा अनी होली भनिने यो पर्वलाई धुमधामका साथ, अरु ठुला पर्व जस्तै रमाइलो गरी मनाइन्छ ।
विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको बर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ । पछिल्लो समय होलीको नाममा विभिन्न विक्रिती विसंगति पनि निम्त्याइएको सस्कृतीबिद् बिणा पौडेलको बुझाई छ ।

जवर जस्ती रंग दल्दा प्रहरीले पक्रेला नी ?
रंगदल्ने बहानामा बिभिन्न फोहोर चिजहरुको प्रयोग, मान्छेको स्वास्थ्य अवस्थाको बारेमा नबुझी जवरजस्ती रंग छ्याप्ने, लोला हान्ने गर्नाले यस्तो दिन प्राय मानिसहरु बाहिर निस्कन डराउछन् । महिलाहरु आफुलाई असुरक्षित महसुस गर्छन । होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई तत्काल नियन्त्रणमा लिने र कडा कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।

होलीलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइने भएकाले यस पर्वलाई सुरक्षित र मर्यादित तरिकाले मनाउन सकिने हो भने हाम्रा सस्कृतीलाई बचाइराख्न मद्धत पुग्नेछ ।

Avatar

Next Story