काँग्रेस संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन

  • १३ फाल्गुन २०७४, आईतवार १४:३५
  • 1885 Views


radionrn

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो ।

कार्यदल सदस्यहरूमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् । समितिले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने बताइएको छ ।

फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो ।

साथै, बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।
हिजो बसेको संसदीय दलको बैठकले विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

Avatar

Next Story