एमाले र माओबादीले एकअर्कालाई बुझ्दै

  • १२ फाल्गुन २०७४, शनिबार १८:३७
  • 1651 Views


radionrn

काठमाडौं, फागुन १२ । एमाले माओवादी केन्द्रको एकताका लागि गठित संगठनात्मक तथा विधान मस्यौदा कार्यदलले औपचारिक रुपमा काम थालेको छ । नेतृत्व सहितको छलफलपछि कार्यदलको पहिलो औपचारिक बैठक शनिवार बसेको छ ।

बैठकले फागुन २५ गतेभित्र सबैकाम सम्पन्न गर्नका लागि कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको कार्यदल सदस्य एवम एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । आजको बैठकमा एमाले र माओवादीकेन्द्रका संगठनात्मक ढाँचाहरु, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको नेता विष्टले बताउनुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधान मस्यौदा तयार पार्दा निश्चित विधी र मापदण्ड अपनाउने समेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मगंलबार बस्नेछ ।

Avatar

Next Story