प्राकृतिक अस्पतालको ‘हब’ तातोपानी कुण्ड

  • १७ माघ २०७४, बुधबार १९:०१
  • 4342 Views


radionrn

राकेश शर्मा, म्याग्दी । प्राकृतिले हामीलाई नुनदेखि सुनखानी, लोभलाग्दो हिमश्रृङखला देखि समथर भु–भागसम्म उपाहार दिएको छ । त्यसमध्ये एउटा उपाहार हो म्याग्दीको बेनी नगरपालीका ४ सिंगातातोपानी कुण्ड यहाँ विभिन्न रोगका विरामीहरु स्नानका लागि आउछन् र हप्ता दिन स्नान गरेपछि निको भएर जान्छन् ।

दिनहुजसो देखिने सयौँको लाइन देशका ठुलाठुला अस्पताल, डाक्टरहरु र लाखौँ खर्च गर्दा समेत रोग निको नभएपछि कुण्डमा स्नानका लागि आएका विरामीको हुने गर्दछ ।  ‘बिरेनुनको गन्ध सहित निस्कने तातोपानीमा हप्ता दिनसम्म स्नान गरेपछि आफ्नो रोग निको हुने विस्वासमा यहाँ देशभरबाट छालारोग, ग्याष्ट्रिक, मर्केको, सुन्निएको र कलेजो सम्बन्धि रोगहरु निको हुनुका साथै शारिरीक स्फुर्तीका लागी त आउछन् तर यहाँ नेपालबाट मात्र नभएर जापानबाट समेत बिरामी आएकका छन्’ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रमान शाक्यको भनाई छ ।

विदेशमा काम गर्दा घरको माथिबाट समान खसेर लागेपछि हात र खुट्टा दुवै नचल्ल भएका गुल्मीका कृष्ण बहादुर अधिकारी भन्छजन् ‘मैले धेरै औषधीको उपचार गरे पनि डाक्टरले हात खुट्टा चल्दैन भन्नुभयो अनि म निराश दिए त्यसपछि डेढ महिना अघि देखि तातोपानीमा डुवेपछि अहिले मेरो हात खुट्टा दुबै चलेको छ ।

अहिले म समान्य मान्छे जस्तौ हिड्न सक्छु कुण्डले पुर्नजन्म दिएको छ’ उहाँले भन्नुभयो । त्यस्तै कुण्डमा गल्कोटबाट ढुब्न आउनु भएकी रत्नकुमारी काकीले ‘म बिगत १२ बर्ष देखि यहाँ बर्षेनि आएको छु बस दुर्घटनामा परि कमजोर भएकी थिए यहाँ आए पछि ठिक भएको छ’ उहाँले भन्नुभयो ।

वि.स २०५४ सालदेखि तातोपानीबासीले व्यवस्थापन, संरक्षण र भौतिक संरचना विस्तार गर्दै आएका छन् । यो माघ फागुन चैत महिनामा सिजन भएकाले यो समयमा बर्षेनी बिरामीको चाप बढ्दै गएको हो । कुण्डमा गतबर्ष २० हजारले स्नान गरेको तथ्यांक छ ।

प्रतिव्यक्ति प्रतिदिन ५० रुपैयाँ टिकट लिएर स्नानको व्यवस्था मिलाईएको छ । कुण्डबाट बार्षिक ४० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने र त्यसबाट कुण्डको भौतिक संरचनादेखि सरस्वति माविमा १० जना शिक्षकहरुको तबलभत्ता व्यवस्था गरिदै आएको कुयडका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Avatar

Next Story