ऋषि धमला चुनावमा उठे नायक राजेश हमालले प्रचारमा सघाउने

  • १० कार्तिक २०७४, शुक्रबार १९:३१
  • 60060 Views


काठमाण्डौ । राजनीतिमा प्रवेश गर्ने हल्ला चलिरहँदा महानायक राजेश हमालले पत्रकार ऋषि धमला चुनाव उठेको खण्डमा प्रचार प्रसारमा सघाउने बताएका छन् । चलचित्रकमीहरुको भेटमा हमालले धमलाका लागि चुनावी अभियानमा लाग्न आफु तयार रहेको बताएका हुन् ।
रौटहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधीसभाका लागि प्रत्यक्ष चुनाव लड्न धमलालाई टिकट दिनका लागि अधिकांश दलहरु तयार रहेको अवस्थामा हमालले पनि सघाउने बताएका हुन् ।
यसअघि अन्य केही कलाकारहरुले पनि धमला चुनावमा उठेको खण्डमा सहयोग गर्ने बताएका थिए । बरिष्ठ लोक गायक प्रेमराजा महत, लोकदोहोरी गायक बद्री पंगेनी र नायिका रेखा थापालेसमेत धमलाको चुनावी अभियानमा सहयोग गर्ने बताएका थिए ।
यद्यपी धमला चुनावमा उठ्ने नउठ्ने विषय भने टुङ्गो लागिसकेको छैन । नेपाली कांग्रेसले रौतहट ४ बाट धमलालाई टिकट दिने विषयमा छलफल चलाइरहेको छ । अन्य मधेशवादी दलहरुले पनि धमलालाई कांग्रेसले टिकट दिएको खण्डमा साझा उम्मेदवारको रुपमा स्विकार गरेर त्यस क्षेत्रबाट अरुलाई नउठाउने बताउँदै आएका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर लगायतका अन्य नेताहरुले पनि धमलालाई रौतहट ४ बाट चुनावमा उठ्न आग्रह गर्दै आएका छन् ।
त्यस्तै अन्य मधेशवादी नेताहरुले पनि त्यस क्षेत्रबाट धमलालाई उठाउन सके चुनाव जित्ने निश्चित भएको बताउँदै आएका छन् ।

Avatar

Next Story